+
+

‘रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १३:५८
फाइल तस्वीर

२१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।

सरकारले रेमिट्यान्स भित्र्याउने, नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने भन्दै उनले निर्यात र पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउनु पर्ने बताए । सरकारले विदेशी मुद्रा आर्जनका लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताए ।

बैंकिङ प्रणालीमा तरलताको अभाव र शोधनान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताए । अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले सरकारले निर्यात र पर्यटनमा विशेष जोड दिनु पर्ने उनको सुझाव थियो ।

सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको उनको गुनासो थियो ।

अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुइङ बिजनेस बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रुपमा पाउनका लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए ।

निर्यात परिषद्ले २५औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा सुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?