+
+

प्रधानमन्त्रीसँग माधव नेपालको भेट निजी हो : जगन्नाथ खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:०१

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेको भेट निजी भएको बताएको छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीबार भएको उक्त भेटको विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् । बिहीबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘त्यो उहाँहरुको निजी भेट हो । दुई नेताहरुको भेट हो । पार्टी पार्टीको भेट होइन, भन्ने सम्झँदा हुन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको थियो । त्यस क्रममा प्रचण्डले नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

तर उपमहासचिवसमेत रहेका खतिवडाले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग विश्वासको मत मागेको बारे थाहा नभएको बताए । उनले भने, ‘सरकारले समर्थन मागेको छ कि छैन भन्ने नै थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?