+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १२:१२
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल । तस्वीर आर्यन धिमाल/अनलाइनखबर

२२ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
१७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको पनि बताए ।

बैठकले कम्बोडियाको एक क्यासिनोमा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेको शव ल्याउन र शव ल्याउनका लागि आर्थिक प्रवन्ध गर्ने निर्णय गरेको जानकारी पनि मन्त्री पौडेलले दिए ।

यसैगरी स्थानीय तह निर्वाचनको क्रममा बाजुरामा मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?