+
+

दादुराले बालकको मृत्यु भएपछि नेपालगञ्जमा खोप लगाउन थालियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १७:१९

२२ बाँके,पुस । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि बालबालिकामा खोप लगाउन थालिएको छ ।

नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाउन थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन सुरू गरिएको बताए ।

दादुरा देखिएका नेपालगञ्जका ५, ७, ८, ९, १०, ११, १४, १५, २२ का ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?