+
+

गोरखामा नियम विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १६:१८

२३ पुस, गोरखा । नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन गरिएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो ।

बिना दर्ता र नवीकरण एवं अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु शुक्रबारकै दिनबाट बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।

‘विभिन्न आयोजना बिकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागी आवश्यक परिणाममा ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खननको अनुमति प्राप्त उद्योग/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न यो सूचना प्रकाशित गरिएको हो’, प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

नियम विपरीत ढुंगा, गिट्टी, रोडा तथा वालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?