+
+

बृहत बाम एकताका लागि माओवादीले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १८:०९

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ ।

साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल संयोजक महराले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?