+
+

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी, युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:१४

२४ पुस, काठमाडौं । भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ ।

ड्रिम नेक्स्ट एजुकेशनका  सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै २७ वर्षका मण्डलले पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पुस २२ गते मीनभवनबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?