+
+

जितुलाई ‘छक्कापञ्जा’को छवि मेटाउने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १८:२२

काठमाडौं । अभिनेता जितु नेपाल फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केही प्रतिबद्ध र लजालु सुनिए । ट्रेलरमा वीर्यदानको प्लट रहेकाले मिडियाले पनि फिल्मको कथावस्तु नै यही हो कि भन्ने आशयका प्रश्न उनलाई तेस्र्याए । तर फिल्मको कथावस्तु अरु नै रहेको भन्दै जितु र निर्देशक कपिल रिजालले आश्वस्त तुल्याउन खोजे ।

आफूलाई यस्तै दृश्य र सन्दर्भ फिल्ममा आइलाग्ने भन्दै उनी केही असहज पनि सुनिए । ‘छक्कापञ्जामा पनि मलाई दीपकजीले यस्तै रोल दिनुहुन्थ्यो । मैले नराख्दिनुस् न भन्थें तर गर्नुपथ्र्यो । यो फिल्ममा पनि यस्तै छ,’ उनले अनुभव सुनाए, ‘म शरीर नै डोनेसन गर्न चाहन्छु ।’

छक्कापञ्जादेखि नै आफूलाई यस्तो रोल आइलागेको र यो छविलाई आफूले मेटाउन खोजेको संकेत उनले गरे । यस्ता भूमिका गर्न आफूलाई अहसज लागेको उनको भनाइ थियो ।

हुन पनि छक्कापञ्जा समूहबाट अलग भएका जितु त्यसयता ‘ह्यारीकी प्यारी’मा अभिनय गर्दैछन् । दर्शकले आफूलाई अघिल्ला फिल्मको ह्याङओभरको रुपमा लिन्छन् कि भन्ने संशय जितुमा देखिन्छ । ह्यारीकी प्यारीको पत्रकार सम्मेलनमा उनले व्यक्त गर्न खोजेको कुरा त्यसतर्फ लक्षित थियो । यदि जितु छक्कापञ्जाको छविबाट आफूलाई मुक्त पार्न चाहन्छन् भने उनलाई बलियो पात्रको आवश्यकता देखिन्छ, जसलाई स्थापित गर्नुपर्ने चुनौती उनमा छ ।

जसरी टीभी सिरियलबाट मुन्द्रेको रुपमा उनी स्थापित भए, उसैगरी के उनले ह्यारी चरित्रको रुपमा आफूलाई स्थापित गर्लान् ? जितुको भनाइ छ, ‘फिल्ममा मेरो पात्रको नाम हरिप्रसाद चौलागाईं हो तर काकाले मलाई ह्यारी भनेर बोलाउनुहुन्छ । दर्शकले पनि ह्यारीकै रुपमा लिनुहुन्छ भन्ने पक्का छ ।’

माघ २० गते प्रदर्शनको तयारीमा रहेको यो फिल्म जितुका लागि निकै अर्थपूर्ण छ किनभने छक्कापञ्जा समूहबाट अलग भएर उनी फिल्मको लिड अभिनेताको रुपमा यसमा देखिंदैछन् । सिङ्गो फिल्मलाई बोक्ने लिड एक्टरको रुपमा के दर्शकले उनलाई स्वीकार्लान् ? यो प्रश्न जितुका लागि निकै महत्वपूर्ण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?