+
+

रेजिना उप्रेतीले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १८:३६
अभिनेत्री रेजिना उप्रेती । फाइल तस्वीर

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् ।

आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनको एजेण्डा छ । चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।

अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लागि लाग्ने उनले उल्लेख गरेकी छन् । ४५ जति फिल्ममा अभिनय गरेकी रेजिनाले ‘इतिहास’ फिल्मबाट अभिनय करिअर थालेकी थिइन् भने उनको पछिल्लो फिल्म ‘भाग्यले जुरायो’ आठ वर्षअघि रिलिज भएको थियो ।

कलाकार संघको आसन्न महाधिवेशनमा अभिनेता सविन श्रेष्ठले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान प्रवक्ता मोहन निरौलाले पनि उम्मेदवारी दिने चर्चा छ तर आधिकारिक रुपमा उनले यसबारे बोलिसकेका छैनन् । डीबी बम्जनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

कतिपयले सर्वसम्मत अध्यक्ष बनाउन प्रयास गरिरहे पनि कलाकारको संघको यसपटकको चुनावमा मतदान हुने सम्भावना बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?