+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनका १८ क्रसर उद्योग बन्द, विद्युत लाइनसमेत काटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ९:३७

२५ पुस, चितवन । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।

जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगरपालिका वडा नं. १ मा उक, वडा नं. २९ मा तीन, वडा नं. २६ मा एक क्रसर बन्द गराइएको छ ।

यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।

बन्द गराइएका क्रसरमा दिइएको विद्युत लाइनसमेत काटिएको छ । क्रसर उद्योगलाई बैधानिक रुपमा सञ्चालन गर्न दर्ता, नवीकरणसहितका कागजात लिएर प्रशासनमा उपस्थित हुने भनिएको छ । ‘दर्ता नवीकरणसहितको मापदण्ड पुगेका क्रसर उद्योग मात्रै अब सञ्चालनमा आउँछन् नभए बन्द हुन्छन्’, प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने, ‘जथाभावी क्रसर चलाउन पाइदैन ।’

उनले केन्द्रीय सरकारको निर्देशन अनुसार  पुस २१, २२ र २३ गते अनुगमन गरिएको बताए । उनका अनुसार अधिकांश क्रसर उद्योगहरुसँग थप सञ्चालनका लागि वैधानिक कागजात पुग्ने अवस्था छैन । त्यसो नहुँदा क्रसरहरु बन्द नै हुने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।

सरकारले केही विषेश निर्णय गरेको अवस्थामा बाहेक अधिकांश उद्योगहरु पुनः चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?