+
+

सुन र चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:१३

२५ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ३ सय, तेजावी सुन १ लाख २ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?