
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए ।
देउवाले भनेका छन्, ‘ प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ।’
उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4