+
+

खगराजलाई भेटेर निस्केपछि दीपक मनाङेले भने : मेरो समर्थन एमालेलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:५८

२५ पुस, पोखरा । सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।

पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

तर, यसअघि सत्ताकाे खेलमा कहिले एमाले त कहिले कांग्रेसी गठबन्धनमा गरेर ३ पटक खेलकुद मन्त्री बनेका थिए । कांग्रेस गठबन्धनकै सरकार सम्भावना हुँदा मनाङेले एकीकृत समाजवादी प्रवेश गरेकाे घाेषण गर्दै आफ्नाे अन्तिम पार्टी भएकाे बताएका थिए ।

तर, सत्ता समीकरण बदलिएसँगै मनाङेले खगराजलाई भेटेर केन्द्रमा जेसुकै भए पनि गण्डकीमा एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

‘मत खगराज दाइलाई दिन्छु । समर्थन गर्न डकुमेन्ट बनाउँदै छु,’ मनाङेले भने, ‘केन्द्रमा उहाँहरूकाे प्राेब्लम हाे । मैले त कम्युनिस्ट सरकारलाई मत दिने हाे ।’

तपाईंको समर्थनले गण्डकीमा ३३ जना हुने भए नि भन्ने प्रश्नमा मनाङेले भने, ‘२ जना पछि हराइहाल्छ नि १ वर्षपछि ।’

एमाले सांसद तथा एमाले केन्द्रीय सदस्य गाेविन्द नेपालीले मनाङेले स्वतन्त्र सांसदकाे हैसियतले समर्थन गर्न लागेकाे बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?