+
+

नेपाल टी–२० लिगकाे दोस्रो क्वालिफायरमा विराटनगर र जनकपुर भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:०४

२५ पुस, काठमाडौं । इलिमिनेटरमा काठमाडौं नाईट्सलाई ९९ रनले हराएपछि नेपाल टी-२० लिगकाे फाइनल पुग्न हुने दोस्रो क्वालिफायरमा विराटनगर सुपर किङ्सले जनकपुरसँग रोयल्ससँगको भेट निश्चित गरेको छ ।

लिग चरणमा शीर्ष दुईभित्र रहेपछि पहिलाे क्वालिफायर खेलेकाे जनकपुर लुम्बिनी अल स्टार्ससँग पराजित भएकाे थियाे । हारे पनि उसलाई फाइनलमा पुग्ने दाेस्राे अवसर छ । दाेस्राे क्वालिफायर मंगलबार हुनेछ । याे खेलकाे विजेताले बुधबार उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ ।

साेमबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा ८३ रनमै अलआउट हुन पुग्यो । विदेशी खेलाडीविना मैदानमा उत्रिएको काठमाडौं ब्याटिङमा निकै कमजोर देखियो ।

काठमाडौंका कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । पारिश्रमिकलगायतका समस्याका कारण काठमाडौंका कुनै पनि विदेशी खेलाडी नहुँदा टिम पुर्याउनै हम्मे भएको थियो ।

बलर अभिनाश बोहोराले बनाएको १६ रन नै काठमाडौंका ब्याटरको सर्वाधिक व्यक्तिगत प्रदर्शन हो । कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडेका थिए । लोकेश बमले १३ रनको योगदान गरे ।

काठमाडौंको इनिङ ध्वस्त पार्न विराटनगरका स्पिनर सूर्य तामाङले ४ विकेट लिए । उनले २.४ ओभरमा १४ रन खर्चिए । कियोन जोसेप र साहब आलमले समान २–२ विकेट लिए । हुसेन तलातले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान रोहितकुमार पौडेलको अर्धशतक र अन्त्यतिर विवेक यादवकाे विष्फाेटक ब्याटिङ सहयोगमा ६ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।

रोहितले ४९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । २ ओभर नसकिँदै २ विकेट गुमाएर दवावमा देखिएको विराटनगरका लागि कप्तान रोहित र हुसेन तालातले ९८ रनको साझेदारी गरेका थिए । बनाए ।

दुई ओभर नसकिँदै २ विकेट गुमाउँदै ५ रन बनाएको विराटनगरका लागि कप्तान रोहित र हुसेन तलातले ९८ रनको बलियो साझेदारी गरे । ३८ रनको योगदान गरेका हुसेनले २३ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

राज नान्ननले २३ र विवेक यादवले इनिङ्सको अन्त्यतिर विष्फोटक ४६ रन बनाएपछि विराटनगरले बलियो योगफल खडा गरेको थियो । यी दुईले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । विवेकले अविजित प्रदर्शन गर्ने क्रममा १८ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।

बलिङमा काठमाडौंका कमलसिंह ऐरी र अनल खरेलले समान २–२ विकेट लिए अभिनाश बोहोरा र सुनम गौतमले समान १ –१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?