+
+

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते ७:४४

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।

सोमबार सत्तासाझेदार दलहरूको देउखुरीमा बसेको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज ४ बजेसम्म प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने एमाले संसदीय दलका नेता लिला गिरीले बताए । उनले सत्तासाझेदार दलहरु र स्वतन्त्र २ जना सहित ५५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेकाे अनलाइनखबरलाई बताए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन् ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?