
फाइल तस्वीर
२६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।
बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।
विश्वासको मतबारे आज बिहान कांग्रेस पदाधिकारीको बैठकमा पनि छलफल भएको छ । पदाधिकारी बैठक लम्बिएपछि संसदीय दलको बैठक पनि पछि धकेलिएको थियो । कांग्रेसको निर्णयलाई कुर्दै प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ । त्यसअघि प्रतिनिधि सभा बैठक ११ बजे बस्ने तय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4