+
+

एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:०१

२६ पुस, काठमाडौं । सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब समूहमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेका छन् ।

मंगलबार बिहान न्यु डायमण्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिस पनि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । न्यू डायमण्डले एभरेष्टलाई २५–७, २५–१० र २५–१२ को सेटमा जित निकालेको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा समूह ए मा रहेका न्यु डायमण्ड र पुलिसले २–२ खेल जितेका छन् । पुलिस र न्युडायमण्डबीच हुने खेलले यो समूहको विजेता टुंगो लगाउनेछ । यो समूहमा रहेका नयाँबजार सामाजिक युवा क्लब र एभरेष्ट क्लब लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएका छन् ।

मंगलबारै भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले गण्डकी प्रदेश टिमलाई ३–० को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २५–१५, २५–१० र २५–११ को सेटमा जित हासिल गरेको हो । यो समूहमा यसअघि आर्मीले कृष्ण सेकेण्डरी एकेडेमीलाई हराएको थियो । एपीएफ र आर्मीको समान ३ अंक छ भने गण्डकी र कृष्ण एकेडेमीले खाता खोल्न सकेका छैनन् ।

प्रतियोगितामा महिलातर्फ सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन् ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?