+
+

चारलेन सडक अलपत्र परेपछि सडकमै कविता वाचन 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते २०:०५

२६ पुस, दाङ ।

‘बिग्रिएको बाटोमा बतासले धुलो उडाउछँ
विचारो चालकले जसोतसो गाडी गुडाउछँ
आफन्त भेट्न जाने, यमराजले पो हो की लाने ?
हिउँदमा धुलो छ, बर्खे खाल्डामा गाडी डुबाउछँ’

साहित्यकार डा. लोकराज पराजुलीले अलपत्र परेको घोराही तुलसीपुर सडकखण्डमाथि व्यंग्य गरेर सडकमै रचना वाचन गरे ।

सचेत नागरिक दाङले चार वर्षदेखि अलपत्र परेको घोराही तुलसीपुर सडकबारे दबाब दिन मंगलबार आयोजना गरेको सडक कविता वाचनमा साहित्यकार पराजुलीले उक्त रचना सुनाएका हुन् ।

लामो समयदेखि अलपत्र परेको उक्त सडक निर्माण कार्यलाई रचनात्मक ढंगले दबाब दिन गरिएको सडक कविता वाचनमा थुप्रै कविले सडकबारे कविता सुनाए ।

कवितामा उनीहरुले सडक नबन्दा सर्वसाधारणले भोग्नु परेको सास्तीलाई चित्रण गरे भने सरकार र निर्माण व्यवसायीमाथि चोटिलो व्यंग्य गरे ।

कार्यक्रममा साहित्यकार कमलमणी देवकोटा, लक्ष्मी बुढाथोकी, श्रवण नेपाली र सुदन पौडेलले कविता वाचन गरेका थिए । त्यस्तै कुवेर गन्धर्व र विक्रम गन्धर्वले संगित भरेका थिए ।

उक्त अभियानको नेतृत्व गरेका विशाल अधिकारीले वर्षौदेखि अलपत्र परेको सडकबारे दबाब दिने उद्देश्यले सडक कविता वाचन गरिएको बताए । ‘वर्षौदेखि सडक नबन्दा सर्वसावधारणले धुलो खानु परेको छ। खाल्डामा परेर ज्यान गुमाउनु परेको छ’ उनले भने, ‘तर सरकार र ठेकेदवार बेखबर छन् । हामीले आन्दोलन नगरेर शान्तिपूण रुपले सडक बनाउन दबाब दिन खोजेका हौं ।’

नागरिक समाज दाङका संयोजक केवि मसालले जिल्लाको मुख्य सडकखण्ड धराप बनिरहेको सुनाए । उनले निर्माणाधीन अवस्थामा सडक अलपत्र छोड्दा २३ जनाले ज्यान समेत गुमाइसकेको बताए । सडक नबन्दा जनताले जीवनको मुल्य चुकाउनु परेको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माण कार्यँ अघि बढाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?