+
+

सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ५:४७

२७ पुस, काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार २ सय र तेजावी सुन १ लाख २ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ५ सय र तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको कारोबार भने मंगलबारकै(प्रतितोला) मूल्य १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?