+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गोरखाको ठूलो आँगनमा ठडियो पृथ्वीनारायण शाहको सालिक

विकास मरहट्टा विकास मरहट्टा
२०७९ पुष २७ गते १९:५८

२७ पुस, गोरखा । ३०१औं पृथ्वी जयन्तीको अवसर पारेर गोरखाको ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । अब उक्त सालिकलाई नेपाली सेनाले हरेक दिन सलामी दिनेछ ।

गोरखा संग्रहालय परिसर अगाडि ठूलोआँगनमा नेपालको नक्सा अंकित मोनोग्राम र पृथ्वीनारायण शाहको सालिक राखिएको छ । नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त सालिकको बुधबार एक कार्यक्रमका बीच प्रधान सेनापति प्रभुराम शर्माले अनावरण गरे ।

पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा हरेक दिन सलामी अर्पण हुने रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए । ‘बिहान सूर्याेदय र बेलुकी सूर्यास्तको समयमा दैनिक राष्ट्रनिर्माता सलामी अर्पण हुन्छ’ उनले भने, ‘रानीपोखरी व्यारेकबाट पृथ्वीनारायण शाहकालीन पोशाकमा हाम्रो एक टोली मार्चपास सहित ठूलोआँगन आउँछ अनि सलामी अर्पण गरेर फर्किन्छ ।’

सालिक अनावरणपछि प्रधान सेनापति शर्माले पृथ्वीनारायण शाहको सालिक स्थापना र हरेक दिन सलामी दिने कार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा सघाउ पुर्‍याउने बताए ।

ऐतिहासिक महत्वको कोत, गढीहरुको संरक्षण गर्दै इतिहास संरक्षणमा नेपाली सेनाले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए । प्रधानसेनापति शर्माले पृथ्वीनारायण शाह नेपाली सेनाको संस्थापक रहेकाले आफूहरुले उनको सम्मानमा विभिन्न काम गर्दै आएको बताए ।

ठूलोआँगनमा सालिक बनाउने र नबनाउने विषयमा गोरखामा लामो विवाद भएको थियो । ठूलोआँगन क्षेत्रमा सालिक राख्दा यातायात आवागमन रोकिने भन्दै स्थानीय बासिन्दा र नारेश्वर क्षेत्रका बासिन्दाले विरोध जनाएका थिए । उनीहरुले ठूलो आँगनको बीचमा नभई छेउमा सालिक राख्न माग गरेका थिए । तर अन्तिममा ठूलोआँगनको मध्यभागमै सालिक राखिएको थियो ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?