 
																			२८ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको लडाइँको नेतृत्व गरेका सैनिक कमाण्डरलाई जिम्मेवारीबाट हटाएका छन् ।
तीन महिना अघिमात्र युक्रेनविरुद्धको सैन्य अभियानको नेतृत्व पाएका सर्गेइ सुरोविकिनलाई जिम्मेवारीबाट पुटिनले हटाएका हुन् । उनको स्थान चिफ अफ जनरल स्टाफ वलियरी गेरासिमोफले लिएको बीबीसीले जनाएको छ ।
गिरासिमोफ सन् २०१२ मा चिफ अफ जनरल स्टाफ पदमा छन् । सोभियतकाल पछि सबैभन्दा लामो समयसम्म चिफ अफ जनरल स्टाफ पदमा रहेको उनी नै हुन् ।
युक्रेनका केही भूभाग आफ्नो भएको दाबी गर्दा विवाद बढेपछि गत वर्ष २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ ।
जारी लडाइँको क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । हालैमात्र रुसी सेना पूर्वी युक्रेनतर्फ अघि बढिरहेको समाचार सार्वजनिक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4