+
+

भ्यालेन्सिया हराउँदै रियल स्पेनिस सुपर कपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:१६

२८ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा पुगेको छ ।

साउदी अरबको भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएको खेलको अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा रियल मड्रिडका लागि कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका लागि भने इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।

त्यसअघि खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो । इरे कमर्टले पेनाल्टी बक्समा बेन्जेमामाथि नै फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।

दोस्रो हाफको सुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्कियो । ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै पेनाल्टीमा गएको थियो । अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?