+
+

नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:४२

काठमाडौं । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो ।

उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक धेरै कमाइ गर्ने हलिउड फिल्म बनेको छ । ‘स्पाइडरम्यान : नो वे होम’को ७ करोड ३० लाख रुपैयाँ ग्रसको लाइफटाइम कलेक्सनलाई फिल्मले यसअघि नै उछिनिसकेको थियो । ‘अवतार २’को नेपालको लाइफटाइम कलेक्सन १० करोड पुग्ने प्रक्षेपण एप्पलले गरेको छ ।

यो फिल्म क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, मिडटाउन, एफक्युब, बिग मुभिजसहित मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ । प्रदर्शनको चौथो सातामा पनि विकडेजमा फिल्मको अकुपेन्सी २० देखि ४० प्रतिशत देखिएको छ । यसैबीच, विश्व बक्स अफिसमा फिल्मको लाइफटाइम कलेक्सन २.६ बिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वितरण स्टुडियो ट्वेन्टिथ सेन्चुरीले २.६ बिलियन डलर कमाइ गर्ने उल्लेख गरिएको छ ।

‘अवतार २’ अहिलेसम्म विश्वमै धेरै कमाउने सातौं फिल्म समेत बनेको छ । ‘अवतार १’ले २.९२ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्डलाई कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?