
२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी यो सिजनको ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । गत वर्ष मच्छिन्द्र क्लबबाट खेलेका मनिष नयाँ सिजनका लागि संकटा क्लबसँग अनुबन्ध भएका हुन् ।
बिहीबार संकटा क्लबले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको छ । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए ।
सन् २०१९ मा नेपालका तर्फबाट एफसी यू–१९ च्याम्पियनसिप खेलेका उनले २०२१ मा नै नेपालका लागि यू–२३ एसियन कप क्वालिफायर्स खेलेका थिए । सन् २०२१ को मे मा भएको इराकविरुद्धको खेलमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
उनले २०२१ मा भएको नेपाल सुपर लिगमा विराटनगर सिटीबाट खेलेका थिए । त्यस्तै २०२१/२२ को ए डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4