+
+

दुई वर्षपछि महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै, स्टल बुकिङ खुला

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:३८

२८ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर महासंघले मेला आयोजनाबारे जानकारी दिएको हो । कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको मेला आगामी २-६ चैतसम्म आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि शुक्रबारदेखि स्टल बुकिङ खुला समेत गरिएको महासंघले जनाएको छ । यो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो ।

यस वर्षको मेलाको लागि चीन, भारत, पाकिस्तान, बंलादेश र भुटानबाट सहभागीहरु नेपाल आउने महासंघले जनाएको छ । मेलामा नेपाली हस्तकलाका साथै नेपाली उत्पादनका वस्तुहरुको प्रर्दशनी गरिने छ । यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ ।

नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको प्रबर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो ।

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने अपेक्षा गरिएको छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रबर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ । महासंघले २०५६ सालदेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?