+
+

चितवनमा रात्रिकालीन हवाई उडानको व्यवस्था गर्न सौराहाका व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते ८:१८

२९ पुस, चितवन । चितवनको सौराहाका होटल तथा पर्यटन व्यवसायीहरुले चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था मिलाइदिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष माग गरेका छन् ।

बिहीबार साँझ सौराहा पुगेका लामिछानेलाई स्वागत गर्दै सौराहाका व्यवसायीहरुले संयुक्त रुपमा उक्त माग गरेका हुन् । क्षेत्रीय होटल संघ नेपाल चितवन कार्यवाहक अध्यक्ष, योगेन्द्रनाथ अधिकारी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारी, रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपालका अध्यक्ष नरेश गिरी र नेचर गाइड एशोसियसनका अध्यक्ष राजेन्द्र धामीले संयुक्त रुपमा व्यावसायीहरुका समस्यासहितको ७ बुँदे ज्ञापन पत्र उपप्रधानमन्त्री लामिछानेलाई बुझाएका छन् ।

सौराहामा पर्यटन चलायमान हुँदै आएको अवस्थामा एक्कासी कोराना महामारीबाट सम्पूर्ण व्यवसाय ठप्प हुँदा पर्यटन व्यवसायीहरुलाई ठूलो आघात पुगेकाले कतिपय पलायनको खतरामा रहेको गुनासो उनीहरुले गरेका थिए । व्यावसायीहरुले पर्यटन प्रवर्द्धनका लागि रात्रीकालिन उडानको व्यवस्थाका लागि सम्बन्धित विभागमा पहल गरिदिन अनुरोध समेत गरे ।

भरतपुर विमानस्थलको रनवे छोटो भएकाले र विमानस्थलबाट पूर्वतर्फ बनेका भौतिक संरचनाहरुका कारणले विमानस्थलमा रात्रीकालिन उडान हुन तथा ७२ सिटे जहाज आउन सकेका छैनन् ।

व्यावसायीहरुले सौराहास्थित बछौली प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न, पर्यटन व्यावसायलाई उद्योग सरह मान्यता दिन, निजामती कर्मचारीलाई भ्रमण काजको व्यवस्था कार्यान्वयन गर्न, पर्यटन व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा जस्तै ऋण अनुदान दिन लगायतका माग समेत राखेका छन् । हाल निर्माण कार्य भइरहेको मुग्लिन–नारायणगढ सडकखण्डले काठमाडौं तथा पोखराबाट छुट्ने पर्यटकीय बसहरुलाई समयमा नै पार गर्नको लागि हाल तोकिएको विहान ११ः०० बजेको समय अपुग भएकाले सो समयलाई बढाएर १२ बजे बनाएर मात्र निर्माण कार्य शुरु गर्न र चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा विदेशी पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधिलाई बढाएर कम्तीमा ३ दिन पु¥याउनका लागि पहल गरिदिन आग्रहसमेत गरे ।

जवाफमा गृहमन्त्री लामिछानेले व्यावसायीहरुका समस्याहरु क्रमशः समाधान गर्दै जाने आश्वासन दिए । उनले विभागीय मन्त्री बनेपछि मन्त्री समक्षसमेत व्यावसायीका समस्या राख्ने बताए ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा १५० वटा होटल तथा १०० भन्दा रेष्टुरेण्ट, सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग ४८० जना पथ प्रदर्शक लगायत ४५ सय जना कामदार कर्मचारीहरुले प्रत्यक्ष कर्मचारीहरुले रोजगार प्राप्त गर्दै आएका छन् । यस्तै १५० भन्दा बढी साना पर्यटन व्यवसायीहरुले आफ्ना व्यवसाय सन्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?