+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
कर्णाली याक्स 2025
0/0
Shares

चितवनमा थपिए २२ हजार मतदाता

रासस रासस
२०८२ मंसिर ८ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ हजार ३३८ मतदाता थपिएका छन्।
  • बायोमेट्रिकबाट ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका छन्।
  • निर्वाचन आयोगले फागुनमा १६२ मतदान केन्द्र यथावत राख्ने र थप मतदाताको आधारमा केन्द्र थपिने जनाएको छ।

८ मंसिर, चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवनमा २२ हजार ३३८ मतदाता थपिएका छन् ।

बायोमेट्रिक ११ हजार ९० र राष्ट्रिय परिचयपत्रमार्फत ११ हजार २४८ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमशेन कार्कीका अनुसार बायोमेट्रिकबाट थपिएका मतदातामध्ये छ हजार ३११ पुरुष, चार हजार ७७६ जना महिला र तीन तेस्रो लिङ्गी रहेका छन् ।

उनका अनुसार अन्य जिल्लाका दुई हजार १२३ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म ती मतदाताले आफ्नो नाम दर्ता गराएका हुन् ।

यस्तै त्रुटि सच्याउने ३४४ जना र ठाउँसारीका एक हजार ७२८ जनाले निवेदन दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख २१ हजार ३९२ मतदाता थिए । त्यो बेला तेस्रो लिङ्गी मतदाता एक जना थिए ।

निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा सम्म यो सङ्ख्यामा केही थप हुनसक्ने प्रमुख कार्कीले बताए ।

बाहिरी जिल्लामा रहेका चितवन बासीले पनि नाम दर्ता गराएको हुनसक्ने भएकाले यो सङ्ख्यामा थपघट हुने उनले बताए ।

यससँगै फागुनमा हुने निर्वाचनका लागि जिल्लामा १६२ वटास्थल यथावत राखिने भएको छ । एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र हुने भएकाले थपिएका मतदाताको आधारमा मतदान केन्द्र थप गरिने छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?