+
+

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:२७

२९ पुस, कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् ।

२५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ ।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेपाली कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए । कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ र विश्वासको मत नदिएर प्रतिपक्षीमा बस्ने कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए ।

मुख्यमन्त्री नियुक्त भएसँगै अधिकारीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । एमालेबाट सीता सुन्दास, मुख्यमन्त्रीको दाबेदारसमेत रहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्च तमुलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका अधिकारीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् ।

विश्वासको मत लिनुअघि अधिकारीले बिहीबार रोशन गाहामगरलाई प्रमुख सचेतक चयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?