+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:२७

२९ पुस, कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् ।

२५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले दिउँसो १ बजे विश्वासको मत लिन कार्यसूची तय भएको छ ।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेपाली कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए । कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ र विश्वासको मत नदिएर प्रतिपक्षीमा बस्ने कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए ।

मुख्यमन्त्री नियुक्त भएसँगै अधिकारीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । एमालेबाट सीता सुन्दास, मुख्यमन्त्रीको दाबेदारसमेत रहेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्च तमुलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फर्किएका अधिकारीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् ।

विश्वासको मत लिनुअघि अधिकारीले बिहीबार रोशन गाहामगरलाई प्रमुख सचेतक चयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?