
२९ पुस, काठमाडौं । होस्टल व्यवसायी संघले नयाँ नेतृत्व चयन गरेको छ । संघको बिहीबार भएको साधारण सभाले रेवती कुमार खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा रुपाली पौडेल, उपाध्यक्ष अल्पना कर्माचार्य र अम्बिका कोईराला शाही, महासचिव किरण शर्मा, सचिव हिरामणि गौतम, कोषाध्यक्ष देवराज कँडेल, सदस्य बालकृष्ण गौतम, रमा योगी, बिन्दिरा न्यौपाने, रचना ज्ञवाली, रेवत पोखरेल, महेश्वर सापकोटालाई चयन गरेको छ ।
आगामी २ वर्ष कार्यकाल रहेको समितिले देशभरिका होस्टल व्यवसायीहरुको हकहितका साथै होस्टल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन क्रियाशील रहँदै आएको छ ।
संघको अनुसार हाल देशभर गरेर १ हजार भन्दा बढी होस्टल सञ्चालनमा रहेको छ । नवनिर्वाचित अध्यक्ष खड्काका अनुसार बढ्दो महंगी र अस्वस्थ प्रतिष्पर्धाले होस्टल व्यवसाय क्षेत्रमा ठूलो चुनौती थपिएको बताए ।
नवनिर्वाचित समितिले व्यवसायीलाई सहज बनाउनको लागि काम गर्ने प्रतिवद्धता गरेका छन् । केन्द्रीय समितिको पहिलो बैठकले केदार थापा, गीता कार्की, द्रौपदी ओली, रमेश सत्याल र ज्ञानु जोशीलाई सल्लाहकार चयन गरेको छ ।
प्रतिक्रिया 4