+
+

रिडीको माघेसंक्रान्ति मेलामा भक्तजनको घुइँचो  

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते ८:५७

१ माघ, गुल्मी । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा मागे संक्रान्ति मेलाको अवसरमा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा रिडीस्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ ।

माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने  विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।

चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे संक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्द छ । माघे संक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पूरा हुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाइ रहेको छ ।

गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे संक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ ।  भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाइ रहेको छ ।

यस क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।

रुरु क्षेत्रको हृषीकेश मन्दिरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मूर्ति पनि रहेको छ । रिडीमा कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयाबाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् । मेलामा विविध साँस्कृतिक कार्यक्रमसमेत राखिने गरिएको  छ ।

ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्ति सगै एकादसी, साउने संक्रान्ति, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्तिक ठूलो एकादसीलगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ ।

माघे संक्रान्तिको अबसरमा जिल्लाका सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, छल्दीलगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?