 
																						१ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् ।
‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे अनुसन्धान गरी नेपालको हवाई यात्रालाई सुरक्षित, भरपर्दो बनाउन अत्यन्त प्राथमिकताका साथ लाग्नुपर्ने भएको छ’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यतिबेला यो संवेदनशील घडीमा सबै एकीकृत भएर खोज, उद्धार र उपचारमा जुट्न पुनः अपील गर्दछु ।’
पोखराको सेती नदी खोंचमा विमान दुर्घटनास्थलमा पुगेर खोज तथा उद्धारको स्थलगत अवलोकन गरेका मुख्यमन्त्री अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘म स्वयम् घटनास्थलमा पुगी दुर्घटनास्थल, खोज तथा उद्धार गर्दाको हृदयविदारक परिदृश्यले थप गम्भीर र स्तब्ध भएको छु ।’
६८ जना यात्रु र चालक दलका ४ जना सदस्यसहित उडेको यती एयरको एटीआर विमान पोखरामा दुर्घटना भएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4