+
+

फेरिएको म्यानचेस्टर युनाइटेड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:५६

१ माघ, काठमाडौं । गत अक्टोबरमा म्याचेस्टर सिटीसँग लज्जास्पद पराजयपछि प्रशिक्षक एरिक टेन हागले आफ्नो टिम सिकारु रहेको स्वीकारेका थिए । तर, शनिबार ओल्ड ट्राफोटमा सिटीसँगै खेल्दा उनीहरु सोही हारबाट पाठ सिकेर आएका थिए ।

यो सिजन युनाइटेडले आर्सनल, लिभरपुल र टोटनह्यामजस्ता सबै प्रतिस्पर्धीलाई हराएको छ । तर, सिटीमाथिको यो जित जुन अवस्थाबाट हासिल भएको छ त्यो टेन हागको कार्यकालको पहिलो शक्तिशाली विजय हो ।

म्यानचेस्टर सिटीका तर्फबाट यो डर्बी खेलमा एक विवादास्पद निर्णयका कारण नतिजा फेरबदल भयो । मार्कस रासफोर्डले बल नछोएपछि यसले नियमतः अफसाइड भएन र बुर्नो फनान्डेजले खेलमा नियमित समय सकिनु १२ मिनेटअघि बराबरी गोल फर्काए ।

त्यसपछिका रोमान्चक केहि मिनेटमा रासफोर्डले युनाइटेडलाई २–१ को जित दिलाउन एक निर्णायक गोल गरे । इतिहाड रंगशालामा ब्यहोरेको ६–३ को पीडादायी हारयता युनाइटेडले १९ खेलमा १ खेलमात्र गुमाएको छ । यसलाई के भन्न सकिन्छ भने टेन हागले एक पीडादायी क्षणलाई राम्रो नतिजाको आशा उपयोग गरे र सफल रहे ।

डर्बी खेलको यो नतिजा लामो समयसम्म चर्चामा रहनेछ । र, सिटीको गुनासोले पनि राम्रो साहनुभूति पाउनेछ । तर, युनाइटेडको प्रदर्शन, चरित्र र एकताले ओल्ड ट्राफोटको बढ्दो आशाबादलाई पुष्टि गर्छ । ब्राइटनसँग घरमै र ब्रेन्टफोर्डमा पराजित हुँदै सिजनमा खराव सुरुवात गरेको युनाईटेडको निराशा आशामा परिणत भइसकेको छ ।

ब्राजिलियन स्टार मिडफिल्डर कासिमेरो रियल मड्रिडबाट ओल्ड ट्राफोट भित्रिएसँगै प्रशिक्षक टेन हागले उनलाई दुई इटा जोड्ने सिमेन्टका रुपमा ब्याख्या गर्दै आएका छन् । तर, त्यसबाहेक थुप्रै कारणहरु छन् जसले युनाइटेडलाई एकसाथ अगाडि बढाइरहेको छ । अहिले उनीहरु साविक विजेता सिटीभन्दा १ अंकले पछाडि छन् । जवकि केहि महिना अघिसम्म युनाइटेडको संघर्ष देखेर मान्छेहरु हासिरहेका थिए ।

यो सबैको केन्द्रमा छन् चतुर र अनुशासनका पालक टेन हाग । जो हरेक सातापिच्छे युनाइटेडलाई बलियो बनाउँदै लगेका छन् । अन्य टिमको तुलनामा युनाइटेड घरेलु मैदानमा मजबुद देखिन थालेको छ । जसका लाथि उनीहरु वषौंदेखि प्रतीक्षारत छन् । टेन हागको सकारात्मक प्रयासको अनुकुल नतिजा आउन थालेको छ ।

टेन हागले विश्वास भित्र्याएका छन्, चतुर ब्यवस्थापकीय क्षमता देखाएका छन् । यो पनि स्पष्ट भएको छ कि क्रिष्टियानो रोनाल्डोले गरेको अपमानसँगै को सही र को गलत प्रष्ट भएको छ ।

टेन हागले उच्च लयमा रहेका मार्कस रासफोर्डलाई पनि नियमित मैदानमा उतारेका छैनन् । वुल्भ्ससँगको खेलमा सुरुवाती टिममा नराखिएका रासफोर्ड दोस्रो हाफमा मैदान छिरेर निर्णाय गोल गरेका थिए ।

त्यसो भए म्यानचेस्टरको फर्किएको लयमा टेन हागको प्रभावभन्दा रासफोर्डको लय बढी लाभदायक हो ?

शनिबारको निर्णायक गोलको अर्थ रासफोर्डले सबै प्रतियोगितामा गरेर पछिल्लो सात खेलमध्ये सबैमा गोल गरेका छन् । ओल्ड ट्राफोटमा पछिल्लो ९ खेलमध्ये सबैमा गोल गरेका छन् । सन् २००० मा टेड्डी शेरिङघमपछि उनी यो उपलब्धी पाउने पहिलो खेलाडी हुन् ।

रासफोर्डको खुसी सिटीका गोलमेसिर इर्लिङ हलान्डभन्दा ठीक विपरीत थियो । जसले शनिबार ओल्ड ट्राफोडमा कमजोर प्रदर्शन गरे । उनले केवल १९ पटक बल छोए । युनाइटेडको बक्सभित्र केवल ५ पटक बल छोए ।

म्यानचेस्टर सिटीसँग अंकदूरी नजिक बनाउँदैमा युनाइटेडले उपाधि जित्ने सम्भावनाबारे चर्चा गनु धेरै नै हतारो हुनेछ । तर, धेरै वर्षपछि युनाइटेड टिम घरेलु फुटबलमा हाबी भइरहेको देखिएको छ ।

– बीबीसीबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?