+
+

मुक्तिनाथ विकास बैंकको साधारणसभाबाट १४.२१०५ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १४:१६

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १६औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

शनिबार सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले १३.०५ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको हो ।

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा बैंकका अध्यक्ष भरतराज ढकालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?