+
+

एनभीए क्लब च्याम्पियनसिपः एपीएफका दुवै टिम तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १५:१२

१ माघ, काठमाडौं । सातौं एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबलमा सशस्त्र प्रहरी बल एपीएफका दुवै टिम तेस्रो भएका छन् ।

आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एपीएफको पुरुष टिमले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो ।

पहिलो सेट गुमाए पनि एपीएफले पुलिसमाथि पुनरागमन जित रचेको हो । एपीएफले १५–२५, २५–२०, २५–२३ र २५–१८ को सेटमा जित हासिल गरेको हो ।

प्रतियोगितामा सहभागी १५ टिममध्ये शीर्ष ८ टिम क्लब लिगमा प्रवेश गर्नेछ । तेस्रो भएको एपीएफले १ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाउनेछ ।

पुरुषतर्फ आइतबारै हेल्प नेपाल स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबबीच उपाधि भेट हुँदैछ ।

यसैबीच महिलातर्फ एपीएफ टिमले त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेको हो । पाँच सेटमा पुगेको खेलमा दुई टिमबीचको प्रतिस्पर्धा उत्तिकै रोमान्चक थियो ।

एपीएफले सुरुवाती दुई सेट २५–१६ र २५–२० ले जितेर अग्रता बनाएको थियो । तर, आर्मीले त्यसपछिका दुई सेटमा शानदार पुनरागमन गर्न सक्यो । आर्मीले २१–२५ र २१–२५ ले दुई सेट जितेपछि खेल निर्णायक सेटमा पुग्यो । पाँचौं सेटमा एपीएफले १५–७ ले हराउँदै तेस्रो स्थान सुरक्षित बनायो ।

तेस्रो भएसँगै एपीएफले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । महिलातर्फ उपाधिका लागि न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता र उपविजेताले क्रमसः ४ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?