+
+

लिभरपुलकाे लगातार खराब प्रदर्शनले क्लोप चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १५:३७

१ माघ, काठमाडाैं । ‘यो खराब भयो, वास्तवमै खराव !!’ शनिबार राती ब्राइटनद्वारा लिभरपुलको लज्जास्पद हारमाथि प्रशिक्षक जर्गेन क्लोपको तत्कालै प्रतिक्रिया यस्तो थियो ।

एमेक्स रंगशालामा खेलको सुरुदेखि अन्त्यसम्म पाहुना टोलीको प्रदर्शन कमजोर रह्यो । वास्तवमै ब्राइटनले एकतर्फी खेल प्रदर्शन गरेको थियो । यसले लिभरपुलको लागि प्रिमियर लिगको गतिलाई नै पछाडि पारेको थियो ।

शनिबार राती नै ब्रेन्टफोर्डले घरेलु मैदानमा बर्नमाउथलाई हराएपछि लिभरपुल अंकतालिकाको नवौं स्थानमा झरेको छ । लिग लिडरभन्दा १६ अंकले पछि परेको छ ।

साउथ कोस्टमा ३-० को हारपछि क्लोपले भने, ‘मैले योभन्दा खराब खेल देखेको याद छैन । इमानदारीताका साथ भन्ने हो भने यस्तो हुनै सक्दैन ।’

‘ब्राइटनले निकै राम्रो खेले । उनीहरु जितका हकदार थिए । एउटा उत्कृष्ट संगठित टिमका साथ अर्को संगठित टिम खेलेको थियो,’ उनले थपे, ‘निश्चित रुपमा हामी निकै चिन्तित छौं । तपाईं यसरी खेल्नुहुन्छ भने कसरी अगाडि बढ्नुहुन्छ ?’

सन् २०१५ मा क्लोप एलफिल्ड आएयता लिभरपुलको प्रदर्शन यो सिजन सबैभन्दा खराव देखिएको छ । अघिल्ला सिजनको यसै स्थितिको तुलनामा उनीहरुले कम गोल गरेका छन्, धेरै गोल खाएका छन् । गोलअन्तर यति खराव यसअघिका ६ सिजनमा भएकै थिएन ।

उनीहरुले यो सिजन अहिलेसम्म २६ अंक गुमाइसकेका छन् । यो पछिल्लो पूरै सिजनको तुलनामा ४ अंकले बढी हो ।

एलेक्स ओक्स्लेड च्याम्बरलिनलाई पछाडि ल्याउँदै क्लोपले शनिबार ४-३-१-२ को फर्मेसनमा टिम उतारेका थिए । मोहम्मद सलाह र कोडी ग्याक्पोलाई अग्रपंक्ति सुम्पिएका थिए । तर, सोही कारण लिभरपुलले सन्तुलन गुमायो । त्यसको फाइदा लिन ब्राइटनका खेलाडीहरु उत्सुक थिए ।

लिभरपुलका समर्थहरु तर्क गर्दैथिए । चोटग्रस्त भिर्गिल भान डाइक, लुइस डियाज र डिएगो जोटालगायत अन्य केहि खेलाडीको अनुपस्थितिले खेलमा ठूलो असर परेको छ । यसमा सत्यता पनि छ । तर, रक्षापंक्तिका पछिल्ला कमजोरीलाई पनि नजरअन्दाज गर्न हुँदैन ।

दुई साताअघि ब्रेन्टफोर्डामा ३-१ को होर र गत शनिबार एफए कपमा वुल्भ्ससँग उसकै मैदानमा २-२ को बराबरीका लागि लापरबाहीपूर्ण गल्ती भनिएको थियो ।

खेलमा कहाँ गल्ती भयो भनेर कप्तान जोर्डन हेन्डरसनलाई प्रश्न सोधिएको थियो ।

‘सबै कुरा । केहि समयदेखि कुनै पनि कुरा सही भइरहेको छैन । योबारे सबै जानकार छन् । म यसको जिम्मेबारी लिन्छु र अरु साथीहरुले पनि लिन्छन् । हामीले ठीक गर्ने प्रयास गर्नुपर्छ ।’

उनले आफ्नो टिममा आत्मविश्वासको कमी, उर्जाको अभावरहेको भन्दौ यसलाई सुधारेर अगाडि बढ्न सबैले आआफ्नो स्थानमा प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?