
१ माघ, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विमान दुर्घटनामा मृत्यु भएका अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताएका छन् ।
काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ । पोखराका मेयर आचार्य भन्छन्, ‘अधिकांशको पहिचान गर्न नसक्ने अवस्था छ ।’
उनका अनुसार अहिले पनि मृतकहरुको शव संकलन भइरहेको छ । तर सेतीको खोंचमा भएका कारण कठिन भइरहेको छ । भिरालोमा अड्किएका शवलाई तल (खोला किनारमा) झार्ने र नेपाल आर्मीको टोलीले डोरी लगाएर माथि ल्याउने उनले जानकारी दिए ।
दुर्घटनास्थलमा जम्मा भएका सर्वसाधारणलाई डिलमा नजान आग्रह गर्दै मेयर आचार्यले भनेका छन्, ‘आर्मी र प्रहरीलाई काम गर्न दिऊँ, यो दुःखको अवस्थामा रमिता हेर्ने होइन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4