+
+

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते २०:०३

१ माघ, काठमाडौं । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

मृतकमध्ये १ विदेशीसहित ११ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ छन्  । यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार विहान १०ः३० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना थिए ।

विमान सेती खोंचमा दुर्घटनामा भएको थियो ।

हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?