+
+

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:५५

१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो ।

गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए ।

तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

पुरस्कृत पत्रकार महेश दास हाल एभीन्यूज टेलिभिजनको मधेस प्रमुख, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार, नेकपा एमाले वीरगञ्ज महानगरपालिकाको उपाध्यक्ष लगायतका पदमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?