
काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।
२२ वर्षीया गायिका छन्त्यालको निधनले संस्था शोकमग्न भएको पनि उल्लेख छ । गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4