+
+

लुम्बिनीको सभामुखमा माओवादीका घर्तीको मात्र उम्मेदवारी, उपसभामुखमा ३ जना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १८:३९
सभामुखमा एकल उम्मेदवारी दिएका माओवादी केन्द्रका सांसद तुलाराम घर्ती ।

२ माघ, बुटवल । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ ।  उपसभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

दलका नेता चौधरीले केन्द्रमा राष्ट्रपति, सभामुख र उपसभामुखमा कुनै सहमति नभएकले प्रदेशमा उम्मेदवारी दिएको बताए । उनले सत्ता गठबंधनबाट नागरिक उन्मुक्ति नबाहिरिएको तर दुई वटा मन्त्रालय दिने सहमति पालनामा एमाले र माओवादी इमानदार नदेखिएको गुनासो गरे । सभामुख र उपसभामुख चयनका लागि भोलि दिउँसो निर्वाचन हुँदैछ ।

हेर्नुहोस् प्रदेशसभा सचिवालयले सार्वजनिक रगेको निर्वाचन कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?