+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा गोरखामा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:४३

२ माघ, गोरखा। पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा गोरखामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ गोरखा शाखा र गोरखा जेसिजको संयुक्त आयोजनामा सोमवार साँझ दीप प्रज्वलन गरिएको हो ।

जिल्ला सदरमुकामको पुरानो बसपार्कमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङ, पूर्व अध्यक्ष एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको छ। काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चालक दलका चार जना सदस्य सहित ७२ जनाको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?