+
+

चौकीदार गिरीको सरुवाविरुद्ध मोरङ कारागारमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:२०
फाइल तस्वीर

३ माघ, विराटनगर । जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरीको मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ । मंगलबार विहानबाट कारागार भित्र प्रदर्शन भएको हो ।

आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुवाको निर्णको निर्णय भएको थियो । सरुवाको निर्णय विरुद्ध कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई तत्कालै चौकीदारको जिम्मेवारी दिइएको थियो।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद अवधि फागुन ३ गते सकिदैछ । एक महिना कैद बाकीँ रहेको अवस्थामा भिमफेदी कारागार स्थानान्तरणको पत्र आएको जिल्ला कारागार मोरङका नित्तिम जेलर तुलसीराम भगतले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गिरीको स्थानान्तरणको प्रकृया सुरु भएको बताए । कैदीबन्दीको प्रदर्शनका विषयमा जानकारी नभएको उनले बताए ।

तत्कालिन गृहमन्त्री बालकृष्ण खाडको ठाडो आदेशमा मोरङ ल्याइएका गिरीलाई गृहमन्त्री रवि लामिछानेको निर्देशनमा भिमफेदी सार्न लागिएको स्रोतले बताएको छ ।

गिरीमाथि मंसिर ४ गतेको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६(२) बाट एमाले उम्मेदवार पर्शुराम बस्नेतविरुद्ध चुनावी प्रचारमा खटिएको स्रोतको दाबी छ। विवादास्पद छविका बस्नेत र गिरीबीच वर्षौदेखि दुश्मनी छ ।

तत्कालिन गृहमन्त्री खाडको निर्देशनमा २०७८ मंसिर ९ गते गिरीलाई मोरङ कारागार ल्याइएको थियो । उनलाई मोरङ ल्याउने निर्णयको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । उनको सरुवाको विरोधमा पनि प्रदर्शन भएको हो ।

गिरीलाई ल्याउन भन्दै २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए ।

२०७८ कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए । त्यसपछि ६ जनाकै सरुवा भयो। गिरी आउनुअघि तत्कालिन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?