+
+

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १६:१२

३ माघ, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

उनलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिए । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस सहित ६ दलको विश्वास जुटाउन सफल भएका छन् ।

सरकारलाई विश्वासको मत दिए पनि गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?