
३ माघ, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो पहिलो प्राथमिकता शिक्षा ऐन ल्याउने रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो काम शिक्षा ऐनलाई अध्ययन तथा पुनरावलोकन गरेर अघि बढाउने रहेको बताए ।
उनले वैशाखमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री खनालले भने, ‘वैशाखमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउनका लागि कटिबद्ध हुनेछौं ।’ परीक्षाको नतिजा समयमा नै प्रकाशन गर्न नसक्दा भएको क्षतिको जवाफदेही सरकार हुनुपर्ने भन्दै उनले त्यसै अनुसार काम गर्ने बताए ।
नियुक्तिपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘सार्वजनिक शिक्षाको रुपान्तरणका लागि मिलेर काम गर्नुपर्छ, नीतिगत बाध्यताका विषयमा छलफल गरेर काम गर्नुपर्छ ।’
खनालले काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेका हुन् ।
प्रतिक्रिया 4