+
+

नेपाल-फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठक : ग्रीन रोडम्याप स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १९:०७

३ माघ, काठमाडौं । नेपाल र फ्रान्सको द्विपक्षीय परामर्श संयन्त्रको बैठकले ग्रीन रोडम्यापको योजना स्वीकृत गरेको छ । मंगलबार काठमाडौंमा बसेको द्विपक्षीय संयन्त्रको तेस्रो बैठकले उक्त रोडम्याप स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त रोडम्यापमा अन्य क्षेत्रमा नवीकरणीय ऊर्जा आयोजनाको विकास, न्यून कार्बनयुक्त र उत्थानशील पूर्वाधारमा लगाी, वन संरषण, प्राकृतिक प्रकोप रोक्न कार्य गर्ने र जलवायु परिवर्तन अनुकूलनलाई राष्ट्रिय, स्थानीय तहमा समावेश गर्ने महत्वलाई जोड दिएको छ ।

बैठकमा नेपालका तर्फबाट मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल र फ्रान्सका तर्फबाट फ्रान्सेली युरोप तथा विदेशमन्त्रालयमा एसिया तथा ओसियानियाका निर्देशक बट्र्रान्ड लोर्थोलरीको नेतृत्वको संयन्त्रको बैठकमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र, अर्थ, वन तथा वातावरण मन्त्रालयका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको समेत सहभागीता थियो । त्यस्तै फ्रान्सेली प्रतिनिधि मण्डलमा नेपालका लागि फ्रान्सेली राजदूतसहित अन्य अधिकारीहरू रहेका थिए ।

त्यस्तै बैठकले द्विपक्षी सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार र लगानी अभिवृद्धि गर्ने, पारस्परि लाभका लागि प्रविधि हस्तान्तरण र पर्यटनका साथै कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानका उपायहरूबारे छलफल गरेको छ । साथै शताब्दी पुरानो सांस्कृतिक आदानप्रदान र निरन्तर बढ्दो नागरिक तहको जनसम्पर्कका बारेमा पनि छलफल भएको छ ।

मन्त्रालयका अनुसार नेपाल पक्षले सन् २०२६ मा अल्पविकसिट मुलुकको स्थिति (एलडीसी) देशको स्तरोन्नति र संक्रमण रणनीतिको तयारीका बारेमा जानकारी दिँदै बजार पहुँच र विकास सहयोगका सन्दर्भमा फ्रान्स र युरोपेली युनियनल उपलब्ध गराएको सहयोगलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

बैठकपछि बट्र्रान्ड लोर्थोलरीले परराष्ट्र सचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?