+
+

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन हरिवंशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ११:४८
अभिनेता मदनकृष्ण श्रेष्ठ, डा. सन्दुक रुइत र हरिवंश आचार्य । फाइल तस्वीर

काठमाडौं । वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन अभिनेता हरिवंश आचार्यले प्रस्ताव गरेका छन् । रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत हरिवंशले फेसबुक पोस्टमा उल्लेख गरेका छन् ।

रुइतले लाखौं दृष्टिविहीनलाई उज्यालो छरेको कार्यको मूल्यांकन गर्दै उनलाई राष्ट्रपति बनाउनुपर्ने हरिवंशको तर्क छ । उनको प्रस्तावमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि सहमत जनाएका छन् ।

महजोडी र रुइतको तस्वीर सेयर गर्दै हरिवंश लेख्छन्, ‘मनमा कुरा घुमिरहन्छ । यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोगसिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई  संसारले नै सम्मान गरिरहेको छ । यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ ।’

भारतमा चिकित्साशास्त्र पढेका रुइत आफ्नो पालामा एमबीबीएसमा शल्यक्रियामा गोल्ड मेडलिस्ट हुन् । उनले सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार जितेका थिए । सन् २०१८ मा भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । अन्धोपन निवारणसहित सयौं व्यक्तिको दृष्टि फर्काउन भूमिका खेलेबापत २०७२ मा भुटानको उच्च सम्मान नेसनल अर्डर अफ मेरिट प्राप्त गरेका थिए । २०७५ सालमा उनले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र २०७७ मा सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) पदक पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?