+
+

नेपथ्यले अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १६:०२

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । चार वर्षअघि चार सहरमा कन्सर्ट गरेको नेपथ्यले यसपटक अष्ट्रिलयाका आठ सहरमा प्रस्तुति दिने भएको छ ।

‘मानवताका लागि संगीत’  सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा गरेको थियो । सडक आश्रितहरुको क्षेत्रमा सेवारत् ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा ब्याण्डले कार्यक्रम गरेको थियो ।

‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि नै हाम्रा सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता पव्रर्द्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौं,’ नेपथ्यका गायक अमृत गुरुङले भने ।

नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अष्ट्रेलिया टुर २०२३ नाम दिइएको यो सांगीतिक यात्रा जनवरी २५ मा डार्बिनस्थित इन्टरटेनमेन्ट सेन्टरबाट सुरु हुनेछ । त्यसपछि एडिलेड, ब्रिसबेन, क्यानबेरा,  पर्थ, सिड्नी, मेलबर्न र होबार्ट सहरमा कार्यक्रम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?