+
+

कटुवा पेस्तोलसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:३९

४ माघ, वीरगञ्ज । सर्लाहीबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

सर्लाही ईश्वरपुर नगरपालिका– ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो पक्राउ परेका हुन् ।

बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले जाँच गरेको थियो ।

त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?