+
+

प्रतिबन्धित भारतीय नोट सहित २१ वर्षीय युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:५३

४ माघ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनार पक्राउ परेका हुन् ।

उनको साथबाट प्रतिबन्धित भारतीय ५०० र २००० दरका नोट १ लाख रुपैयाँ फेला परेको दावी प्रहरीले गरेको छ ।

माघ ३ गते दिउँसो प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट उनलाई पक्राउ गरेको थियो ।

शंकराचार्य गेट नजिकै भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूको नियमित जाँच हुने गरेको छ ।

सोही क्रममा जटाशंकरको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको भारु सहित उनलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?