+
+

बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते २०:०२

४ माघ, पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा पोखरा आएका छन् । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले स्वागत गरे ।

त्यसपछि छलफलका क्रममा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरेका थिए । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए । उनले पोखरा देखेर रोमाञ्चित भएको पनि बताए ।

वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए ।

उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ । चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए ।

पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् । चोपराले बिहीबार बेलायतका राजकुमार चार्ल्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्राका लागि जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?